लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ

झापा, जेठ २६ । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
झापा बिर्तामोड नगरपालिका-५ स्थितमा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने ४८ वर्षीय डिजेन राजवंशी र पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङ रहेका छन् ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता बसन्त पाठकले राजवंशीको घर कोठामा चेकजाँच गर्दा लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ १५ ग्राम, तौल गर्ने डिजिटल तराजु एक थान र दुई लाख ८४ हजार ७५० रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको जानकारी खिए ।
राजवंशीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा गुरुङ समेत संलग्न रहेको खुल्न आएकोले नियन्त्रणमा दिई दुबै जनालाई ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धन भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस