३ प्रतिशतले घट्यो दूरसञ्चार सेवा शुल्क

काठमाडौं, जेठ १८ । गत जेठ १५ गते घोषणा गरिएको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गरेको छ । यसअघि दूरसञ्चार सेवाशुल्क बापत १३ प्रतिशत कर लाग्दै आइरहेको थियो ।
अहिले त्यो घटाएर १० प्रतिशतमा झारिएको छ । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले बजेट भाषण मार्फत कर सहुलियत-दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
सरकारले ३ प्रतिशत सेवाशुल्क घटाउँदा इन्टरनेटमा १७ रूपैयाँ कम हुने संघको प्रेस विज्ञप्तिमा उल्लेख छ । अहिले ग्राहकले इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवाशुल्क बापत ६५ रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याट बापत १३८।५ रूपैयाँ तिर्दै आइरहेका थिए ।
सबै शुल्क सहित १२ सय ३ रूपैयाँ तिर्दै आइरहेका थिए । ग्राहकले नयाँ बजेटपछि इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ५० रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याटबापत १३६।५ रूपैयाँ गरेर कुल ११ सय ८६।५० रूपैयाँ तिर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस