NTC App - Ad

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सव सम्पन्न

तातोखवर सम्वाददाता
काठमाडौं, जेष्ठ १३ । राष्ट्रिय मनाव अधिकार आयोगको वार्षिकोत्सव सम्पन्न भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा आयोगको वार्षिकोत्सव सम्पन्न भएको हो ।
आयोगका अध्यक्ष तोपबहादुर मगरको सभापतित्वमा आयोजित उक्त वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कालदेखिनै मानव अधिकारको सम्मान, संरक्षण र प्रबद्र्धनमा आयोगले खेलेको भुमिका सह्रानीय रहेको बताए । गृहमन्त्री खाँणले भने ‘नेपाल सरकार द्वारा तर्जुमा गरिएको योजना र त्यको कार्यान्वयनमा आयोगबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछु ।’ उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्मा नेपाल दोश्रो पटक सदस्यमा निर्वाचित भएको, राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कालदेखि नै यहि अवस्था रहेको र जसले मानव अधिकार परिषद्को सदस्य राष्ट्र बन्न सहज भएको बताउनुका साथै राष्ट्रिय मानव अधिकार आयोले २२ वर्ष पार गरि २३ औँ वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा अन्य विभिन्न निकायबाट प्रतिनिधित्व गरेका अतिथिहरुले पनि आयोगको २२ औँ वार्षिक उत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आयोगका अध्यक्ष तोपबहादुर मगरले संवैधानिक एवं कानुनी दायित्व बमोजिम मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्धन तथा यसको प्रभावकारी कार्यन्वयनको सुनिश्चितता गर्ने प्रमुख जिम्मेवारीका साथ राष्ट्रिय मानव अधिकार आयोग क्रियाशिल रहदै आएको बताए । साथै उनले थपे ‘२०५७ साल जेठ १३ गते स्थापित यस आयोग आज २३औँ वर्षमा प्रवेश गरेको छ । गत वर्षको वार्षिक उत्सव कोभिड-१९ महामारीको कारणले भर्चुअल माध्यायमबाट मनाईएकोमा यस वर्ष भने यहाँहरुमाझ भौतिक उपस्थीतिमानै मनाउन पाउँदा हामीलाई ज्यादै खुशि लागेको छ ।’

Advertisement:

साथै उक्त कार्यक्रममा आयोगमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पत्र र नगद द्वारा सम्मानीत गरिएको थियो भने आयोगमा नियुक्त भएर काम गरेको १५ वर्ष पार गरेकाहरुलाई प्रमुख अतिथि खाँणले सम्मनपत्र द्वारा सम्मान गरेका थिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra