आविष्कार केन्द्रलाई सहयोग जुटाउने मोना पोर्चुगलको अभियान जारी



तातोखबर सम्वाददात
पोर्तुगल, जेष्ठ १२ / नेपालमा आविष्कार केन्द्र सञ्चालन गर्ने अभियानमा जुटेका डा. महावीर पुनलाई म्याग्दी प्रबासी संघ (मोना) पोर्तुगलले सहयोग जुुटाउने अभियान अगाडि बढाएको छ । संस्थाले डा. पुनलाई निम्त्याएर एउटा अन्तक्र्रिया कार्यक्रमसहित पोर्तुगलमा सहयोगको आव्हान गरेको हो ।
म्याग्दी प्रबासी संघ (मोना) पोर्तुगल द्वारा आयोजना गरिएको डा महाबिर पुन सङ्ग को अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको मोना पोर्तुगलका अध्यक्ष रविन पुनले जानकारी दिए । उनले भने ‘आविष्कार केन्द्र’ लाई सफल पार्न सहयोगका आव्हान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका हौं । हाम्रो यस अन्तक्र्रिया कार्यक्रमलाई समय दिनु भएकामा डा. महावीर पुनप्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।’
अविस्कार केन्द्रको सहयोगार्थ रकम संकलन गर्ने कार्य जारी रहेको भन्दै मोना पोर्तुगलका अध्यक्ष पुनले अनबरत खट्नु मोना म्याग्दीका सम्पुर्ण टीमप्रति पनि आभार ब्यक्त गरेका छन् । अनबरत खट्नु हुने मोना अलेन्तेजो क्षत्रका पदाधिकारी, युरोप चौतारीलगायतका संस्था तथा ब्यक्तिहरुबाट पनि उल्लेखनीय रुपमा सहयोग रकम जम्मा भएको मोना म्याग्दीका महासचिव दीपु फगामीले जानकारी दिए । कार्यक्रममा प्रमूख अतिथि डा. महावीर पुनले आविष्कार केन्द्रको विषयमा प्रष्ट्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा

काठमाडौँ — पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले