आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथी ओलीको चर्को आलोचना



तातोखबर सम्वाददात
काठमाडौँ, जेष्ठ १२ / पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका छन् । अध्यक्ष ओलीले विहीवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका हुन् ।
संसदको प्रमूख प्रतिपक्ष दलको नेताको हैसियतल बैठकलाई सम्बोधन गर्दै जेठ १० गते सरकारले जारी गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथी टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूले उठाएको प्रश्नको चित्तबुझ्दो जवाफ पनि मागे । प्रधानमन्त्रीसँग सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको आलोचना गर्दै सो नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट नभएको भन्दै जवाफ मागेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ’ भन्ने वाक्य लाजमर्दो भएको र कायरता भएको जिकिर गरे । आफू प्रधानमन्त्री हुँदा भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको तर अहिलेको सरकारले त्यो प्रकृयालाई के गरिरहेको छ ? भन्ने जवाफ समेत मागे । एमाले अध्यक्ष ओलीले अगाडि प्रश्न थपे ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो की होइन ? प्रधानमन्त्रीज्यूबाट हामी स्पष्ट भाषामा जवाफ चाहन्छौं । सदनले चाहन्छ, प्रतिपक्षले चाहन्छ, नेपाली जनताले चाहन्छ । ‘नेपालको भूमि नेपालको हो’ भन्न सक्नुहुन्न भने, ‘यो फिर्ता ल्याउने प्रयास गर्छु’ भन्न सक्नुहुन्न भने, सरकारको नेतृत्व गर्ने भनेको के हो ?’
राष्ट्रिय हितको रक्षा, आफ्नो देशको भूमिको रक्षा, अखण्डताको रक्षा गर्न नसक्ने र आफ्नो भूमिलाई आफ्नो भूमि भन्न नसक्ने हो भने सरकारको नेतृत्व भनेको ? भनेर सदनमा बोल्दै पूर्व प्रम एवं प्रतिनिधि सभाको प्रमूख प्रतिपक्ष दलका नेता केपी ओलीले प्रश्न गरे । उनले यसो गर्दा सरकार नेतृत्वविहीन भएको भान हुने पनि बताए । नेता ओलीले अगाडि थपे ‘प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ? भौगोलिक अखण्डताको जिम्मेवारी प्रतिपक्षको जिम्मा हो ? सरकारले केही गर्नु पर्दैन ?’ राष्ट्र हितलाई केन्द्रमा राखेर सरकार अगाडि नबढेको र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने नाममा देखिएको व्यवहारमा ‘कोल्टो’ देखिएको पनि उनले अभिब्यक्ति दिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको साथै सत्ताभोगमा लागेको आरोप लगाए । पूर्व प्रम एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले अघाडि सारेको नीति तथा कार्यक्रम नै पछ्याएर सत्ता बाहिर छँदा विरोध गरेको भएपनि सत्ता सम्हालेपछि बर्तमान सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको समेत जिकिर गरे । उनले नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति नभएको सूर्यजस्तै छर्लङ्ग भएकोले वर्तमान सरकारसँग भिजन, योजना, मार्गचित्र नभएको र कांग्रेसँग एमालेले अघि सारेको नीति तथा कार्यक्रमहरूलाई हटाउने समेत आँट नभएको बताए ।
प्रतिनिधि सभाको विहीवारको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष ओलीले सरकारलाई वैकल्पिक नीति ल्याउन चुनौति दिदै अन्य राजनीतिक दलहरूका सिद्धान्त, नीति, कार्यक्रम र एजेन्डाहरूको पहिला चर्को विरोध गर्ने, प्रतिवाद गर्ने, अस्वीकार गर्ने पछि केही समयको बीचमा मौका छोपेर तिनै सिद्धान्त, नीति, कार्यक्रम र एजेण्डाबाट लाभ लिने, आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने, अनुचित सहारा लिएर सत्ताभोगका लागि अनुकूल इकोसिस्टम तयार गर्ने कांग्रेसको खान्दानी सिद्धान्त भएको पनि आरोप लगाए । अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै भएको पनि अभिब्यक्ति दिए । उनले अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त देखिएको इतिहासको वास्तविकता भएको पनि बताए ।
निर्वाचनका क्रममा मतदाताहरुलाई पैसाको प्रलोभन र धाक र धम्की दिएको पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बताए । अध्यक्ष ओलीले कांग्रेसले नजितेको ठाउँमा बजेट नजाने भनेर कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाले दिएको अभिव्यक्ति तर्फ इंगित गरे । ‘प्रधानमन्त्री देउवाको आफ्नै वडामा केही पनि नजाने’ भन्दै अध्यक्ष ओलीले अगाडि थपे ‘रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनियो । संयोगकै कुरा हो, डडेलधुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जितेको छ त्यहाँ जाने होला । अमरगढी जितेको छ कि छैन ? अमरगढी कांग्रेसले जितेको भए त ठीकै छ नत्र कुन कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज, ’सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा चाहिँ केही पनि जाने भएन, किनभनेर त्यहाँ रुखले केही पनि जितेन कि क्या हो । लोकतन्त्रको हरिबिजोग अरु के हुन्छ ।’
पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरु पढेर त्यसको आफ्नै ढङ्ले अर्थ लगाउँदै सरकारको आलोचना गरेका थिए । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमा सुधार गर्नु पर्ने धेरै देखिएको र यसलाई सरकारको नीति तथा कार्यक्रमकै रुपमा ल्याउन पनि सरकारसँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा