NTC App - Ad

गैर मुसल्सल, मुरदफ

साहित्यकार बाबुराम राईको फेसबुकबाट साभार

कति बिषक्त रहेछ निष्ठुरिको अङ्गालो ।
बषौंपछि पनि छाँतिमा घाउ अझैछ आलो ।
युवा बेच्छन र शत्ता चलाउँछ सरकार !
बाँझो छ वारि गुमनाम हलो–कोदालो ।
गरिवलाई यती साह्रो नहेप महोदय,
कुनैदिन काम लाग्छ फोहर पुछेको टालो ।
बलात्कृत हरुलाई न्याय तब मिल्ने छ,
जब फाँसिको फन्दामा दोषीको हुन्छ कठालो !
अजम्बरी को नै यहाँ के लाई अभिमानी बन्नु ?
अन्तिम यात्रा घाट पुग्ने आउने छ पालो
— बाबुराम राई
काठमाडौं
२०७९–०२–११

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra