NTC App - Ad

लौरो चिन्ह लिएका महानगर र उपमहानगरका दुई उम्मेदवारहरु

— विकास थापा
यस पल्टको स्थानीय तहको चुनावमा धरान र काठमाडौका यी दुई मेयरका उमेदवारहरू निक्कै चर्चामा रहे । यि दुवैलाई निक्कै नजिकबाट नियाल्ने मौका पनि मिल्यो । एउटा मेयरको उमेदवार थोत्रो अटो रिक्सामा चाऊचाऊ र पानी खादै एक्लै सडकमा असिन–पसिन भएर जनताको घर–घर, दैला–दैलामा चुनाव प्रचार–प्रसारको लागि एक्लै भौतारिईरहेका देखिन्थे । उनमा न त चुनाव जित्ने कुनै दम्भ र घमण्ड थियो, न त चुनाव हार्ने डर ।
ती उम्मेदवारले न त धरानका जनतालाई सपनाको महल देखाए । उनी जम्मा दुई कुरा भन्दै थिए ‘चुनाव जिते भ्रष्ट्रचार गर्दिन र धरानवासीलाई पानी खुवाउँछु, हारे पनि जिते पनि यो सडक छोड्दिन, सडक नै मेरो घर हो, आधार हो र साथी हो ।’ न त उनका कुनै फ्यान देखिए, न त चुनाव प्रचार–प्रसारको लागि कुनै हुल, भीड र जमात देखिए । न त कुनै सुकिलो मुकिलो तडक भडक । न त कुनै मेडिया प्रपोगाण्डा । न त कुनै चन्दा आतङ्क र रवाफ । न त देखियो कुनै सुकिला मुकिलाहरूको आड भरोसा र समर्थन् । खालि देखिन्थ्यो आत्मविश्वास, आफ्नो माटो प्रतिको माया, लगाव र समर्पण । लाग्दछ उनी एक सङ्घर्षका विम्व हुन् ।
अर्का थिए हाम्रो काठमाडौ महानगरपालिकाका उम्मेदवार बालेन साह । एउटा साउथ इण्डियन मुभिको नायक झै एउटा दुलोबाट फुत्त बाहिर निकालिएको तर निक्कै प्रशिक्षित पात्र । अचम्मको वाकपटुक । अर्को अचम्म ! बाहिर निस्कनासाथ देशका नं १ का मेडियाहरू चर्चा, पहककुच र प्रभाव बिस्तार । रातरात सामाजिक सञ्जालहरूमा चर्चा र भाईरल । साथमा उनको सामाजिक योगदानको चर्चा र उत्साह । मानौ की काठमाडौको भाग्यविधता उनै हुन् । उनको फेरो नसमाती काठमाडौले अव कहिल्यै बैतर्नी तर्न सक्दैन् । फेरी उनको सामाजिक योगदान र परिचय उनैको मुखबाट सुनियो ।


उनी एक ¥यापर अरे । काठमाडौमा पक्की तलादार घर, गाडी र बङ्गला । उनकै मुखबाट छचल्किएको दम्भ र घमण्डको बर्षा । उनैको समर्थक फ्यानहरूको भाषामा सुकिलो मुकिलो पो अरे । अर्कोतिर तिनैसँग महानगरबासीहरुले कुममा कुम मिलाउन सक्ने अरे ! फाईव स्टारमा लञ्च र डिनर लिन सक्ने अरे । आजसम्म जागिरे र दक्षिण पन्थिहरू सँग बंशज मिल्ने । वस ! उनको त्योभन्दा थप सामाजिक योगदान, परिचय र जिम्मेवारी खोज्न चाहिन । धेरै मेडियामा अहङ्कार गरेछन् । मैले पनि उनको अहंकार बुझेँ । त्यसपछि काठमाडौको चुनाव प्रचारले अचम्मको नाटकीय मोड लियो ।
मेडिया प्रपोकाण्ड त यिनको पहिले हतियार नै भयो । त्यसपछि अर्को हल्ला मच्चाउँदै अगाडी आउँछ ¥यापर भीड र जमात । त्यो भीडले हल्ला गर्छ ‘हाम्रो भाग्य बिधाता त यिनै दाह्रिवाला हुन् ।’ देशका ठुला मेडियाहरु त्यहि हल्लालाई बिश्वास गर्छन् र ‘हो’ मा ‘हो’ मिलाउँछन् । यसपल्ट यिनले ¥यापको नशामा चुर्लुम्म डुबेको युवा शक्तिलाई मजाले प्रयोग गरे । राजनीति दलले गरेको गल्ति र कमजोरिको फाईदा मजाले उठाए ।
काँग्रेस एमाले दुवैले उमेदवार चुन्न गल्ति गरे । त्यसैलाई परिवर्तनको नारा र खुराक बनाए । आगोमा सके जति घिऊ थपे । केशव स्थापितको छुद्रो मुखको कमजोरी निक्कै सालिन् बनेर उपयोग गरे । बालेनको उदय बाहिर परिबर्तन, बिकास, राजनीतिक दलहरू प्रतिको बितृष्णा जे÷जे सुकै नाम दिए पनि यि तत्वको भित्रि राजनीतिक अभिष्ट अर्को छ । काठमाडौमा देशभरीबाटै थुप्रिएको एउटा दक्षिणपन्थि र प्रतिगमन शक्ति संगठित छ । चाहे त्यो जुनसुकै भेष र रूपमा किन नहोस् । जुन शक्ति यो व्यवस्थाको बिरूद्ध छ र लोकतन्त्रलाई हर–तरहले बदनाम गर्न चाहन्छ, उक्त शक्तिले काठमाडौमा अघिल्लो चुनावमा पनि हर–तरहले एउटी बहिनीलाई उचाल्न समेत उचाल्यो ।
बिचरी ! ती बहिनी अहिले कता छिन् कुन्नि ? यसपल्ट भने तिनै दक्षिणपन्थि शक्ति नयाँ मकुण्डो भिरेर बालेन साहको चश्माभित्र लुकेर निक्कै संयमित र तयारीका साथ अगाडी आए । केही हदसम्म सफल पनि भए । राजनीतिक दलहरूलाई ठुलै पाठ सिकाए । तर जसले जे भनेपनि काठमाडौले खोजेको मेयर त हर्क राई जस्तो मान्छे थियो । किनकी काठमाडौको यो वैभव तिनै श्रमजिवी र भककुई मानिसहरूको पसिना, श्रम र मेहनेतको बलले आजसम्म उभिएको थियो र हो । न की कसैको कालो चश्मा, गफ र वाकपटुताले ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra