समर्थकहरुलाई विजय उत्सवका लागि राजधानी नआउन बालेन्द्रको आग्रह

तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ ११ / बालेन्द्र शाहले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतगणना कार्य सकिदै गर्दा काठमाडौं महानगरपालिकाको मेयर पदमा जीत हासिल गर्ने शुनिश्चित भएपछि उनको विजयमा उत्सव मनाउन आफ्ना समर्थकहरुलाई राजधानी नआउन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।
महानगरको मेयर पदका प्रतिष्पर्धी शाहले सामाजिक सञ्जालहरुमार्फत आफ्ना समर्थकहरुलाई यस्तो आग्रह गरेका हुन् । आज मध्यान्ह सामाजिकसञ्जाल लिङ्क्डइनमार्फत शाहले महानगरको मतगणना जारी रहेकै बेला मेयर पदमा आफ्नो जीत सुनिश्चित भएको भन्दै काठमाडौं आउन लागेका देशैभरीका समर्थकहरुलाई आ–आफ्नै क्षेत्रमा विजय उत्सव मनाउन आग्रह गरे ।
उक्त इन्टरनेट सञ्जालमा आफ्नो आग्रह सार्वजनिक गर्दै कामठमाडौं महानगरपालिकाके मेयर पदका प्रतिष्पर्धी बालेन्द्र शाहले भनेका छन् ‘देशभरका ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुःख नगर्नुहोला । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’
आफ्ना समर्थकहरुको नाममा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको उनको अभिब्यक्तिमा यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने र बहुमत नभएकोले आफ्नो पक्षमा बढिमा ३५ प्रतिशत मत आउन सक्ने अनुमान गरेका छन् । उनले अगाडि थपेका छन् ‘महानगरबासीहरुको बदर मतहरु बाहेक ५० प्रतिशत जति मतदाताहरुले अरु प्रतिष्पर्धीहरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ र महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’
शाहले अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि देशभरका आफ्ना समर्थकहरु जो जहाँ छन् त्यहीबाट र्याली गर्न अनुरोध गरेका छन् । यसले देशभर स्वतन्त्र रुपमा देशको सेवा गर्न उत्साहित देशभक्तहरुलाई हौसला पुग्ने सन्देश जाने पनि उनले संकेत गरे । यसो गर्दा ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भने नेपालमा बालेनको मात्रै यो अभियान नभएको र सारा नेपालीहरुको अभियान भएको सन्देश जाने प्रष्ट पारेका छन् ।
सामाजिक सञ्जालबाट बालेन्द्र शाहले आफ्ना समर्थकहरुका लागि जारी गरको बक्तव्यमा अगाडि भनिएको छ ‘अबको बाटो सहज छैन, हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ र हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।’
शाहले आफूले महानगरको मेयर पदको जिम्मेवारी सम्हालेपछि महानगरबासीहरुको साथ र सुझाब जति महत्वपूर्ण छ, उति नै खबरदारीको पनि खाँचो औंल्याउँदै उक्त बक्तव्यमा थपेका छन् ‘हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिईरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।’
महानगरभित्रका मात्रै नभएर देशभरका आफ्ना समर्थकहरुलाई सम्बोधन बक्तव्यमा शाहले अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गर्न आग्रह गरेका छन् । उनले हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् भन्ने कामन पनि गरेका छन् भने अबको आफ्नो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई सबै सहयोगीहरुसँग मिलेर अगाडी बढ्ने अठोट पनि गरेका छन् ।
शाहले स्थानीय तह निर्वाचन २०७९ मा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिएका छन् । उनले काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य भएको महानगरका मतदाताहरुले विश्वास गरेको र विश्वासमा हार वा जीत नुहेन भन्दै यसलाई नै ठूलो कुराको रुपमा लिएको बताएका छन् । ‘जीत–हारलाई मतगणना सकिएसँगै सकिदिऔं’ शाहले अगाडि थपेका छन् ‘घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस