स्वतन्त्र उम्मेदवारीप्रति जनआस्था बढ्दो

 

तातोखबर सम्वाद दाता

Advertisement:

काठमाडौं, ९ जेठ/ २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना नसकिदै महनगरबासीहरुले राजनीतिक दलका उम्मेदवारहरुभन्दा स्वतन्त्र उम्मेदवारबाट बढी सेवा प्राप्त गर्न पाईने आशा राख्न थालेका छन् । मतगणनाको क्रममा काठमाडौं महानगरको मेयर पदका उम्मेदवार विजयोन्मूख बालेन्द्र शाहले प्राप्त गरेको मतान्तरको आधारमा महानगरबासीहरुले यस्तो आशा र अपेक्षा ब्यक्त गर्न थालेका हुन् ।
काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गरेको मतलाई आधार मानेर इन्टरनेट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा यस्ता प्रतिकृया सार्वजनिक गर्न थालिएको छ । धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राईको स्वतन्त्र उम्मेदवारीले दलहरुले उठाएका प्रतिष्पर्धीहरुलाई पछारेपछि सामाजिक सञ्जालहरुमार्फत बालेन्द्र शाहले प्राप्त गरेको मतान्तरलाई काठमाडौं महानगरपालिकाबासीहरुले आफ्नो अपेक्षा पूरा हुने विश्वास बढाउन थालेको लोकप्रिय इन्टरनेट सामाजिक सञ्जालप्रयोकर्ताहरु बताउँछन् ।त्यस्तै काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुको बारेमा चासो राखेर देशविदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट धारणा राख्न थालेका छन् । अमेरिकामा बसोबास गर्दै आएका ज्योति के श्रेष्ठले यसै विषयमा ९ बुँदे जानकारी फेसबुकबाट जारी गरेका छन् । उनले जारी गरेको ‘‘लौरो’ वाला बारेको रोचक कुरा’ शीर्षकमा लेखिएको उक्त पोष्टमा भनिएको छ :

Facebook
Local Election

– धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार (हाल केहीबेर अघि मात्र विजयी घोषणा हुनु भएका) हर्क साम्पाङ र कामनपाको मतगणनामा अग्रगामी छलांग मार्दै विजयोन्मुख उम्मेदवार बालेन शाहका कतिपय कुराहरु मिल्दाजुल्दा छन् ।
– दुबैजना एकदमै युवा उमेरका छन् । हर्क साम्पाङ ४० वर्षका हुन् भने बालेन शाह ३२ वर्षका ।
– दुबैजना कुनै राजनैतिक दलमा आवद्ध छैनन् र स्थानीय तहमा जनताको काम गर्न कुनै दलमा सम्लग्न हुनु जरुरी ठान्दैनन् ।
– दुबै जना कवि एवं गायक हुन् र आ–आफ्नो लेखन शैली र गायन शैलीमा राम्रा छन् ।
– दुबैजनाको करिव ५ वर्ष देखिको लक्ष्य हो यो ।
– दुबैले चुनावको निम्ति नगद खर्च गरिरहनु परेन । स्थानीय जनताले स्वःस्फूर्त चुनावमा उनीहरुको निम्ति काम गरिदिए, मत हालिदिए ।
– दुबैले चुनावको दौरानमा ब्यक्तिगतरुपले कुनै नेताहरु र आफ्ना प्रतिद्वन्द्वीहरुलाई गाली गरेनन् ।
– दुबैको चुनाव चिन्ह ‘लौरो’ ।
– दुबैले चुनावभरी नेपाली झण्डा ओडेर हिडे ।

हर्क साम्पाङलाई बधाई, बालेन शाहलाई विजयी भव : को शुभकामना !

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application