गौशाला नगरपालिका प्रमुख र उपप्रमुखमा जसपाको वाजी

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्वाचित भएको छ ।
गौशाला नगरपालिकाको प्रमुखमा जसपाका दिपेन्द्र महतो र उपप्रमुखमा रेणु कुमारी महतो निर्वाचित भएका छन् ।
शनिबार विहान सम्पन्न मतगणना परिणाम अनुसार गौशाला नगरपालिकाको प्रमुख पदका उम्मेदवार महतो ८७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बिष्णुबहादुर योञ्जन ५६२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङले ५१३२ मत प्राप्त गरी तेस्रोत हुनुभएको छ । प्रमुख महतो आफ्ना निकटतम प्रतिद्वन्द्ीभन्दा ३१७२ मतान्तरले विजयी भएका हुन् ।
गौशाला नगरपालिकाको उपप्रमुख रेणुले ८४५५ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जनक दुलारी साहले ५४९० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार सुसिला देवीले ५०४७ मत प्राप्त गरेकी छिन् । उपप्रमुख रेणु कुमारी महतो २९६५ मतान्तरले विजयी भएकी हुन् ।
यसैगरी, १२ वडा रहेको गौशाला नगरपालिकाको वडाहरुमा मिश्रत परिणाम आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस