छात्रामाथी यौन दुर्व्यवहार गर्ने दुई जना शिक्षक पक्राउ

तम्घास । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौ देखि र भट्टराईले माघ देखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस