हेटौँडामा पाँच दलिय गठबन्धनले मर्यो बाजी

हेटौँडा । स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका नेकपा एकिकृत समाजवादीका उम्मेदवार मीना लामा र उप मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँ विजयी भएका छन् शुक्रबार राति सार्वजनिक मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २१६७ र नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाले ८६८४ मत अन्तरसहित नगर प्रमुख र उप प्रमुखमा निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर प्रमुख लामाले २३०७५ मत प्राप्त गर्दै उनको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २०९०८ मत प्राप्त गरेका थिए । बागमती प्रदेशको एक मात्र उपहानगरपालिकाको पहिलो महिला नगर प्रमुख लामाले आफ्नै नेतालाई पराजित गर्दै आगामी पाँच वर्षका लागि प्रमुखमा निर्वाचित भएकी हुन् । त्यस्तै नगर उप प्रमुख बानियाँले ३२५९३ मत प्रप्त गर्दै उनको निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३९०९ मत प्राप्त गरेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस