सफा हिमाल अभियान अन्तर्गत चार हिमालबाट ३० टन फोहर सङ्कलन



काठमाडौं । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा तथा मनास्लु हिमालबाट तीस टनभन्दा बढी फोहर सङ्कलन गरेको छ । आठ हजारभन्दा माथिका उच्च हिमाली क्षेत्रमा थुप्रिएको फोहर हटाई पर्यावरण संरक्षण तथा पर्यटन पर्वद्धन गर्ने उद्देश्यले नेपाली सेनाले प्रत्येक वर्ष हिमाल सफा अभियान सञ्चालन गर्दै आएको छ ।

भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित सुरु भएको हिमाल सफा अभियान-२०२२ अन्तर्गत गत चैत २२ गते सुरु भएको थियो । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा मनास्लु गरी चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहर सङ्कलन भइसकेको छ ।

जस अनुसार सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेबाट कुहिने एक हजार ३०८ के.जी र नकुहिने ८ हजार ६२४ के.जी गरी जम्मा नौ हजार ९३२ केजी फोहर सङ्कलन भइसकेको छ । यसैगरी कञ्चनजङ्घाबाट कुहिने तीन हजार १७ के.जी तथा नकुहिने १२ हजार ३५६ के.जी गरी जम्मा १५ हजार ३७३ केजी फोहर सङ्कलन भइसकेको छ ।

मनास्लु हिमालबाट ९४१ के.जी कुहिने र चार हजार ९८ के।जी नकुहिने गरी जम्मा पाँच हजार ३९ के.जी फोहर जम्मा गरिएको छ । नेपाली सेनाका अनुसार चारवटा हिमाबाट कुहिने फोहर पाँच हजार २६६ के.जी र नकुहिने फोहर २५ हजार ७८ के.जी गरी जम्मा ३० हजार ३४४ के.जी फोहर सङ्कलन गरिएको छ ।

आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने हिमाल सफा अभियानमार्फत नेपाली सेनाले चारवटा हिमालबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ । सगरमाथा र ल्होत्से हिमालमा १२ जना तथा कञ्चनजङ्घा र मनस्लु हिमालमा नौ-नौ जना गरी ३० जना नेपाली सेना सफाइ अभियानमा खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा