सरकारी शिक्षकको पोशाक परिवर्तन



काठमाडौं । सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन भएको छ । शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई पत्र लेख्दै पोशाक परिवर्तन भएको जानकारी गराएको हो ।

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने सन्दर्भमा नेपाल शिक्षक महासंघबाट अनुरोध भएर आएको भन्दै केन्द्रले यो पत्र पठाएको हो ।

 

“तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ,” केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको पत्रमा भनिएको छ ।

गाढा खैरो रङको सुट (कोट, पेन्ट्स) महिला्पुरुष शिक्षक कर्मचारीले लगाउनुपर्ने छ भने हल्का निलो रङको शर्ट (कमिज), मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी स्वेटर र कालो जुत्ता पोशाकको रुपमा लगाउनुपर्नेछ ।

साडी, ब्लाउज, कुर्ता सुरुवालमा (चाप्पल) परिवर्तन गरिएको छैन भने शैक्षिक पोशाकको नमुना नेपाल शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने पत्रमा उल्लेख छ ।

पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्नसकिने व्यहोरा पत्रमा उल्लेख गरिएको छ । साडी, ब्लाउज, कुर्ता सुरुवाल परिवर्तन नगरिएको पत्रमा प्रष्ट पारिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा