राष्ट्रिय उद्योग उत्पादनको प्रवर्धन गर्न विशेष योजना आवश्यक ः सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका संघिय सांसद गगन थापाले राष्ट्रिय उद्योग प्रवर्धन गर्न एउटा विशेष योजना आवश्यक रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि जारी छलफलमा भाग लिदै सांसद थापाले सो कुरा बताएका हुन् ।
विसं. २०४९ देखि ०५१ सालमा नेपालमा सबैभन्दा बढी उद्योगहरु दर्ता भएका र त्यसबेला दर्ता भएका उद्योगहरुले आज केहिनकेही औद्योगिक आधार तयार गरेको उनले बताए । यसैगरी, विसं. २०७९ देखि ८९ सम्मको दशकलाई राष्ट्रिय उत्पादन र उपभोग्य वस्तुको उत्पादन बढाउने दशकको रुपमा लिनुपर्ने उनले बताए ।
उत्पादत्व बढाउन पूर्वाधारमा मद्दत गर्ने, जनशक्तिमा मद्दत गर्ने, नयाँ प्रविधिको आन्तरिकिकरण गर्ने, प्रतिस्पर्धी क्षमता बढाउने कार्य गर्नुपर्ने उनको धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस