विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने



काठमाडौं । नेपाल सरकारले सातामा दुई दिन सार्वजनिक विदा कार्यन्वयनमा ल्याएता पनि विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा दिने निणर्य गरेको छ । तर सिफ्टमा काम गर्ने कर्मचारीले भने प्राधिकरणले तोकेको सिफ्ट समय अनुसार साताको ६ दिन नै ड्युटी गर्नुपर्ने नियम बनेको छ ।

प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले प्राधिकरण मातहतका निकायलाई पत्राचार गर्दै बिदाबारे निणर्य जानकारी गराएका छन् । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निणर्य गरेको छ । सोहीअनुसार त्रिभुवन विमानस्थलले स्लट व्यवस्थापन गरी कार्यान्वयन थालेको हो ।

विमानस्थलको अपरेसन समय २४ घण्टा सञ्चालन गर्दा प्रतिसिफ्ट ड्युटी समय साढे ६ घण्टा तोकिएको छ । यसरी सिफ्ट कायम गर्दा बिहान ६ बजेबाट दिउँसो साढे १२ बजेसम्म पहिलो सिफ्ट तोकिएको छ । दिउँसो साढे १२ देखि साँझ ७ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ । साँझ ७ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म तेस्रो सिफ्ट तोकिएको छ । तेस्रो सिफ्टमा तोकिएको साढे ६ घण्टाभन्दा बढी हुन आउने अतिरिक्त समयका लागि भने अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने गरी प्राधिकरणले ड्युटी आवर तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा