मकवानपुरमा कमजोर बन्दै एमाले



हेटौंडा । २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै तथा थप दुई वटा पालिकामा उपप्रमुख जितेको नेकपा एमाले यसपटक कमजोर देखिएको छ ।

८ वटा पालिकाको अन्तिम नतिजा आउँदा एमालेले इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै र भिमफेदी गाउँपालिकामा अध्यक्ष मात्र जितेको छ ।
मत परिणाम आउन बाँकी हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा यो समाचार तयार पार्दासम्म एमाले उम्मेदवार पछि पारेका छन् ।

नतिजा सार्वजनिक भएका पालिका मध्य ५ वटाान नेपाली कांग्रेसको नेतृत्व छ भने एउटामा माओवादीले प्रमुख जितेको छ ।

२०७४ को निर्वाचनमा आफ्नो पक्षमा पारेको मनहरि, कैलाश, मकवानपुरगढी एमालेले गुमाएको छ । एमालेले गुमाएका ठाउँमा कांग्रेले नेतृत्व पाएको छ ।

मकवानपुरमा पहिलो शक्तिका रुपमा २०४९ सालदेखि नै लगातार नेतृत्व गर्दै आएको एमालेबाट २०७४ मा कांग्रेसले राक्सिराङ र बकैया खोसेको थियो । बागमती र थाहा नगर माओवादीले लिएको थियो ।

हेटौंडा उपमहानगरमा बलियो उपस्थिथि देखाएको एमालेले केही वडा गुमाएको छ । एमालेले हेटौंडा उपमहानगरको ३, ७, १७, गुमाएको छ भने ४, ५, १४, १५, १८, १९ मा अध्यक्ष जितेको छ । बाँकी वडाको मतगणना हुँदै छ ।

स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफूहरु कमजोर देखिएको स्वीकार्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले यसको कारण बुझ्नेतिर लाग्ने बताए ।

सत्तारुढ गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले २०४९ देखि एकलौटी ढंगबाट जिल्लामा नेतृत्व पाए पनि जनताले विकासको अनुभूति गर्न नपाउँदा अहिलेको अवस्था आएको बताए ।

कार्यकर्ताको ठाउँमा मात्रै विकास र सेवा सुविधा दिने आम जनतालाई वेवास्ता गर्ने एमालेको नीतिका कारण आफूहरुलाई चुनाव जित्न सजिलो भएको उनको ठम्याईँ छ ।

‘गठबन्धनले नयाँ र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउँदा सफलता हात परेको छ,’ उनले भने, ‘जनताले नयाँ अनुहार र शासक परिवर्तन गर्न खोजिरहेका बेला हामीले सोही अनुसारको रणनीति बनाउँदा सफल भयौँ ।’

– अनलाईनखबरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा