५८२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो र एमाले दोस्रो



काठमाडौं, जेठ ५ गते । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । वबहीबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्यांक अनुसार नेपाली कांग्रेसले ८७ पालिकामा प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ ।

यस्तै नेकपा ९एमाले०ले ५५ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ६ पालिकामा प्रमुख पद जितेको छ । पाँच पालिकामा अग्रता कायम गरेको छ । यस्तै अन्य पार्टीले १४ पालिकामा प्रमुख पद जितेका छन् भने २१ पालिकामा अग्रता बनाएका छन् ।

गाउपालिकातर्फ कांग्रेसले १६९ पालिकामा अध्यक्ष पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ । एमालेले १०९ पालिकामा अध्यक्ष पद जितेको छ भने १४ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ८९ पालिकामा अध्यक्ष पद जितेको छ भने छ वटा पालिकामा अग्रता लिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले १५ पालिकामा अध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ । यस्तै अन्य पार्टीले १२ पालिकामा अध्यक्ष पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांगेसले ६७ पालिकामा उपप्रमुख पद जितेको छ भने ३४ पालिकामा अग्रता लिएको छ । यस्तै एमालेले ६७ पालिकामा उपप्रमुख पद जितेको छ भने ४४ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले २७ पालिकामा उपप्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ । एकीकृत समाजवादीले छ पालिकामा उपप्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ । अन्यले १० पालिकामा उपप्रमुख पद जितेका छन् भने १२ पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांग्रेसले १७२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने १८ पालिकामा अग्रता बनाएको छ । एमालेले ११० पालिकामा उपाध्यक्ष पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ८७ पालिकामा उपाध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले १३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता बनाएको छ । अन्यले २१ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने चार पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांग्रेसले दुई हजार २७२ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै ४८ वटा वडामा अग्रता लिइरहेको छ । नेकपा एमालेले एक हजार ८०४ वटा वडा जित्दा ४५ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९५५ वटा वडामा अध्यक्ष जितेको छ ।

१५ वटा वडामा उसले अग्रता लिइरहेको छ । यस्तै जनता समाजवादी पार्टीले २०७ वटा वडामा अध्यक्ष जितेको छ भने १० वटा वडामा अग्रता लिइरहेको छ । अन्यले ४९० वटा वडा जितेका छन् भने १३ वटामा अग्रता लिएक छन् ।

गोरखापत्रबाट

 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा