मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ, दुईदिनको विदा के का लागि ?ः सांसद भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को लागि “विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्नुहुँदै” सांसद भट्टराईले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भइसकेका भट्टराईले अर्थतन्त्रको सबलीकरण, राष्ट्रिय पूँजीको निर्माण कसरी हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

‘‘मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ । उद्योगधन्दा बन्दको अवस्थामा छन् । देशभित्र रोजगारीको अवसर कमजोर बन्दै गएको छ ।,’’ उनले भने, ‘‘कृषिलाई व्यवसायीकरण, औद्योगीकरण गर्ने र किसानहरुलाई उत्साहित गर्ने कुरामा सरकारले ध्यान दिन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय पुँजी कसरी निर्माण हुन सक्छ ?’’

उनले पहिले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन राष्ट्रिय पुँजीको विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने बाटोबाट राष्ट्रिय अर्थतन्त्र सर्वल हुनसक्छ र राष्ट्रिय पूँजीको विकास हुन सके मात्र मुलुक आत्मनिर्भर अर्थतन्त्रतिर जाने बताए ।

त्यस्तै, उनले सरकारले दुई दिनको बिदा के का लागि ? दिनेभन्दै प्रश्न गरेका छन् ।

‘‘पेट्रोलियम पदार्थको खपत घटाउन शीर्षकमा मात्रै हो भने त्यो प्रत्युत्पादक हुन्छ । हचुवाको भरमा त्यो कुरा ल्याइएको छ ।,’’ सांसद् भट्टराईले भने ।

उनले दुई दिनको बिदाले राष्ट्रिय उत्पादन शक्ति र राष्ट्रिय श्रम शक्ति बढाउन सक्छ ?, मुलुकको अर्थतन्त्रलाई कसरी टेवा दिन सक्छ ?, यसले देशको पर्यटन उद्योगलाई कसरी अगाडि लान सक्छ ? भनेर प्रश्न गरेका छन् ।

उचित वैकल्पिक व्यवस्था नगरी दुई दिन बिदाको कुराले कुनै पनि प्रतिफल दिन नसक्ने उनको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा