बूढानीलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले मार्यो बाजी

काठमाडौं । स्थानीय निर्वाचन २०७९ अन्तर्गत काठमाडौं बुढानीलकण्ठ नगर प्रमुख र उप प्रमुखमा नेकपा (एमाले) का मिठाराम अधिकारी र अनिता लामाले बाजी मारेका छन् । निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मिठाराम अधिकारीले १४२५० मत र १४३१४ मत प्राप्त गरि विजय भएका हुन् ।
अधिकारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११५१२ मत प्राप्त गरे । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी) बालकृष्ण श्रेष्ठले २२२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका निना भेटुवालले १०३९, नेकपा (माओवादी केन्द्र) डम्बर प्रसाद अधिकारीले ६५९, लोकतान्त्रिक समाजवादी पार्टीका सिता राम विश्वकर्माले २० मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुख लामाको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी रमिता वाग्लेले ११९७२ मत प्राप्त गरिन् । नेकपा (एस) की प्रमिला सापकोटाले एक १८८८, माओवादी केन्द्रकी कमला गौतले ८२७ मत ल्याए ।
एमालेका तर्फबाट बूढानीलकण्ठ – १ को वडाअध्यक्षमा सुरेन्द्र लामा, २ मा राजेन्द्र श्रेष्ठ, ६ मा रवि खड्का, ७ मा बस नारायण महर्जन, ८ मा सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी पाण्डे, १० मा नवराज भट्टराई, ११ मा राजु अधिकारी, १२ मा शम्भु प्रसाद भट्टराई र १३ को वडाअध्यक्षमा टिका नारायण श्रेष्ठ विजयी भएका छन् ।
कांग्रेसबाट ४ को वडाअध्यक्षमा श्रीराम केसी र ५ मा कृष्ण शाह (ठकुरी) निर्वाचित भए ।
नगरको ३ नं. वडाअध्यक्षमा खानेपानीको धारा निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार आकाश धिताल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस