विजय जुलुसको गाडी दुर्घटना, २६ घाइते

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । घाइते मध्ये ६ को अवस्था गम्भीर छ भने अन्य २० घाइतेको अवस्था मध्यम छ ।
मतगणनास्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको एमालेको जुलुस सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिजय जुलुसका सहभागी बोकेर हिडेको उक्त मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको थियो ।
सिद्धार्थनगर १० बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुर्जमन यादव अहिर विजयी भएका हुन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस