मध्यपुर थिमीमा प्रमुख, उपप्रमुखमा गठबन्धनका दुबै उम्मेदवार विजयी

काठमाडौं, जेठ ४ । भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो ।

एमालेका श्रेष्ठले ११ हजार ३५ मत ल्याउनुभयो । नेपाल मजदुर किसान पार्टीका आशा हरि प्रजापतिले दुई हजार २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन वाग श्रेष्ठले ९०५ मत ल्याउनुभयो ।लोकतान्त्रिक समाजवादी पार्टीका देवीमाया खातीले ११, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले २७, नेपाल सुशासन पार्टीका भगवती चौलागाईले १८ मत प्राप्त गर्नुभयो । प्रमुखमा हाँस निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जीव पति श्रेष्ठको मत ६९ रहेको छ ।

Advertisement:

नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का विजयकृष्ण श्रेष्ठले १२ हजार १०१ मतसहित विजयी हुनुभयो । एमालेका उत्तरा नेपाल करिब तीन हजार एक सयभन्दा बढी मतले पराजित हुनुभयो ।

मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ मा कांग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ ९८८ मतसहित, ३ मा कांग्रेसका कृष्णहरि आचार्य २२ सय ५२ मतसहित विजयी हुनुभयो ।

वडा नं ४ को अध्यक्षमा १९ सय ३५ मतसहित एमालेका बाल कृष्ण श्रेष्ठ, ५ मा २३ सय ६२ मतसहित कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा १७ सय २३ मतसहित कांग्रेसका ज्ञान दास प्रजापति, ७ मा १२ सय ६६ मतसहित एमालेका कृष्ण कुमार प्रजापति, ८ मा १२ सय २६ मतसहित नेमकिपाका रमेश थापा श्रेष्ठ र वडा नं ९ मा १२ सय २६ मतसहित कांग्रेसका सानू काजी राजवाहक विजयी हुनुभयो ।

मध्यपुर थिमी नगरमा छ वडामा कांग्रेस, दुई वडामा एमाले र एकमा नेमकिपाका वडाअध्यक्ष निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् :