देश भर पन्ध्र ठाउँमा मतदान जारी, मतदान शान्तिपूणर् रहेको आयोगको भनाई



काठमाडौं । गत वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह सदस्य निर्वाचन २०७९ विभिन्न कारणले स्थगित भएको पन्ध्र ठाउँमा आज मतदान भइरहेको छ । निर्वाचन शान्तीपुणर् रुपमा भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदान शान्तिपूणर् र उत्साहप्रदरुपमा भइरहेको खवर आयोगलाई प्राप्त भएको छ । उनकाअनुसार आज तनहुँको व्यास नगरपालिका वडा ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा २, बाराको पचरौता नगरपालिका वडा २, सोही नगरपालिकाको वडा २ को श्रीनगर प्रावि मतदान केन्द्रमा मतदान कार्य जारी छ ।

सोहीअनुसार रौतहटको फतुवाविजयपुर नगरपालिकाको वडा ७, देवाही गोनाही नगरपालिका वडा २, यमुनामाई गाउँपालिका वडा १, वडा २, गढीमाई नगरपालिका वडा ३, वडा ६, बौधीमाई नगरपालिका वडा १, वडा २, वडा ९ र गरुडा नगरपालिका वडा ७ मा मतदान कार्य जारी रहेको आयोगले जनाएको छ ।

आयोगकाअनुसार अछामको साँफेबगर नगरपालिका वडा १३ मा जेठ ६ गतेका लागि मतदान समय तोकिएको छ । सोहीअनुसार उदयपर र बाजुरा जिल्लाका विभिन्न मतदान केन्द्रमा स्थगित निर्वाचनको मिति तोक्न बाँकी रहेको आयोगको भनाई छ ।

आयोगकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा १२, बाजुराको बुढीगंगा नगरपालिका वडा १, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, वडा १० र बुढीनन्दा नगरपालिकाको वडा ८ मा स्थगित निर्वाचनको मितिबारे निणर्य गर्न बाँकी रहेको छ । सोको निणर्य आयोगले छिटै गर्ने सहायक प्रवक्ता अर्यालले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा