धनगढीका स्वतन्त्र उम्मेदवार हमाललाई ५ हजार ६५९ मतको अग्रता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । मत गणनाको सुरुवातदेखि अग्रता लिएका हमालले मतान्तर बढाएर पाँच हजार ६५९ मतले अग्रता लिइरहेका छन् ।
२३ हजार २२३ मत गनिसक्दा हमालले १० हजार ८२५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पाँच हजार १६६ मतले पछ्याइरहेका छन् ।
नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ४६२ मत पाएका छन् । उपमेयरतर्फ भने गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४६८८ मत प्राप्त गरेकी छिन् । मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले पछ्याइरहेकी छन् । रानाले ४२४७ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस