NTC - FTTH

थाहा नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनबाट निर्वाचित

Meri Uni Lai - Global IME Bank

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको मेयर र उपमेयरमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

मेयर पदमामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर बिष्ट निर्वाचित भए । बिष्टले ९ हजार ७१९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत पाए ।

Advertisement:

उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली निर्वाचित भएका छन् । उनले ८ हजार ६०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत पाइन् ।

वडा तहमा ः
वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट हेरमान गोपाली निर्वाचित भएका छन् । वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रबाटै बमबहादुर सिङ्तान विजयी भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका हिरेन्द्रकुमार रायमाझी निर्वाचित भएका छन् । वडा नम्बर ४ को वडा अध्यक्षमा पनि माओवादीकै नारायण लामा निर्वाचित भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका विष्णुबहादुर गुरुङ र वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसका शिवराज थिङ, वडा नम्बर ८ को अध्यक्षमा एमालेका हेमकुमार थिङ निर्वाचित भएका छन् ।

वडा नम्बर ९ को अध्यक्षमा माओवादीका राजकुमार बलामी निर्वाचित हुँदा वडा नम्बर १० को अध्यक्षमा एमालेका हिराबहादुर गमाल विजयी भए ।

वडा नम्बर ११ को अध्यक्षमा निदेश बल र वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका टिकाराम स्याङ्तान निर्वाचित भए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra