रौतहटको ६ वटै नगरपालिकामा पुनः मतदान सुरु

रौतहट । रौतहटको ६ वटा नगरपालिकामा बुधबार पुनः मतदान सुरु भएको छ । वैशाख ३० गतेको निर्वाचनमा उत्पन्न विवाद, मतपेटिकामा आगजनी तथा लुटपाटको घटनाले स्थगन भएको निर्वाचन आज पुनः सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालयले जनाए अनुसार जिल्लाको गरुडा, फतुवा विजयपुर, यमुनामाई, देवाहीगोनाही, बौधिमाई र गढीमाई नगरपालिकामा मतदान हुँदै छ । मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सुरक्षा व्यवस्था कडा बनाइएकोले निर्धक्क भई मतदान गर्न मतदातालाई अनुरोध गरेका छन् ।
जिल्लाको ६ वटा नगरपालिकाको ११ मतदानस्थलका २४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस