प्रतिनिधसभाको पहिलो बैठकमा १० अध्यादेश पेश ः अर्को बैठक बुधबार बस्ने



काठमाडौं । विगत ९ महिनादेखि एमालेले अवरोध गरेको प्रतिनिधिसभाको बैठक मङ्गलबारबाट सुरु भएको छ । बैठकको पहिलो दिन १० वटा अध्यादेश पेश भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले बैठकमा तीन वटा अध्यादेश पेश गरेका छन् । गृहमन्त्री खाणले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, ‘‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’’ र ‘तेजाब तथा अन्य घातक रासायनीक पदार्थ (नियमन) अध्यादेश, २०७८’’ पेश गरेका हुन् ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले “औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९” र “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” पेश गरे । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८” पेश गरेकी छिन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” पेश गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद् पुष्पा भुसाल (गौतम)ले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी छिन् । उनको उक्त प्रस्तावलाई सांसद् देवप्रसाद गुरुङ र जीवनराम श्रेष्ठले समर्थन गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद् भुसालले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।

यसैगरी, अर्थमन्त्री जनार्दन शर्माले “आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस” भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

सभामुख सापकोटाले आर्थिक वर्ष २०७८/८० लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिता सम्बन्धनमा कर प्रस्तावबाहेक माथिका छलफल जेठ ४ र ५ गते हुने जानकारी दिए । बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले एमालेले संसद अवरुद्ध नगर्ने जानकारीसमेत गराएका छन् ।

प्रतिनिधसभाको अर्को बैठक जेठ ४ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

मकवानपुर – हेटौंडा-४ मा रहेको ब्रह्ममदिक एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाई एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

तातोखबर, ललितपुर /  नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका छन्।

तातोखबर, काठमाडौं / अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो प्रयोग गरेर रोकेको छ । अमेरिकाले भिटो