
३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । मंगलबारको दिन मात्रै शेयर बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।
निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे । सबैभन्दा धेरै वित्त र जलविद्युत् समूहका लगानीकर्ताले गुमाए ।