माडी नगरपालिकामा एमालेकी ताराकाजी महतो निर्वाचित

चितवन । माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ऋषी काफ्ले २१७२ मतान्तरले पराजित गर्दै महतोले नित हाँशिल गरेकी हुन् ।

मेयरमा निर्वाचित महतोले नौ ९९०१ मत प्राप्त गर्दा प्रतिद्वन्दी काफ्लेले जम्मा ७७२९ मत मात्रै प्राप्त गरेका हुन् । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६८३० मत सहित निर्वाचित भएका छन् ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application