काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

balen-sunita

काठमाडौं । काठमाडौं महानगर प्रमुखमा ११६३२ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । यसैगरी, १०४७७ मतसहित उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले समेत अग्रता कायमै राखेकी छिन् ।

प्रमुखमा नेकपा एमालेका केशव स्थापित ६२५९ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ५४०८ मतसहित तेस्रो स्थानमा छन् । त्यसै गरी उप प्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २५७५ मतसहित दोश्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले १७०९ मतसहित तेश्रो स्थान कायम राखेका छन् ।

Advertisement:balen-sunita

प्रतिक्रिया दिनुहोस् :