सप्तकोसी नगरपालिकाको प्रमुख पदमा कांग्रेसका ढकाल विजयी



राजविराज — सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल ४ हजार ४ सय ६९ मत सहित निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एवं निर्वतमान नगरप्रमुख समेत रहेका नेकपा एमालेका उत्तम शर्मा गौतमले २ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी नगर उप-प्रमुखमा नेपाली कांग्रेसकी रिताकुमारी चौधरी विजयी भएकी छन् । उनले ३ हजार ९ सय ५८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी संगिताकुमारी चौधरीले ३ हजार २ सय मत प्राप्त गरिन् ।

कूल ११ वडा रहेको सप्तकोसी नगरपालिकामा ६ वटा वडाध्यक्षमा कांग्रेस, ४ वडाध्यक्षमा एमाले र एक वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महान्यायधिवक्ताद्धारा क्लिन चिट पाएका छन । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौँ, ७ चैत / विभिन्न कारणले प्रतिनिधि सभाका सांसद पद खाली भएर सोही पदमा पुन निर्वाचनको तयारी गरिएको उपनिर्वाचनका लागि

काठमाडौं, ६ चैत्र / सत्ता समीकरण परिवर्तन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट पुन विश्वासको मत लिएका छन्