सप्तकोसी नगरपालिकाको प्रमुख पदमा कांग्रेसका ढकाल विजयी

राजविराज — सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल ४ हजार ४ सय ६९ मत सहित निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एवं निर्वतमान नगरप्रमुख समेत रहेका नेकपा एमालेका उत्तम शर्मा गौतमले २ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।
यसैगरी नगर उप-प्रमुखमा नेपाली कांग्रेसकी रिताकुमारी चौधरी विजयी भएकी छन् । उनले ३ हजार ९ सय ५८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी संगिताकुमारी चौधरीले ३ हजार २ सय मत प्राप्त गरिन् ।
कूल ११ वडा रहेको सप्तकोसी नगरपालिकामा ६ वटा वडाध्यक्षमा कांग्रेस, ४ वडाध्यक्षमा एमाले र एक वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस