NTC - FTTH

होमस्टे एसोसियसनमा महासंघको प्रकृयासिहत नयाँ कार्यसमिति चयन

Meri Uni Lai - Global IME Bank

नेपालगञ्ज, १४, चैत्र / होमस्टे (घरबास) एशोसिएसनको तेस्रो राष्ट्रिय महाधिवेशन तथा होमस्टे सम्मेलन आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै भव्यरुपमा सम्पन्न भएको छ । होसानका निवर्तमान महासचिव प्रेमशंकर मर्दनीया थारुको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गर्दै महाधिवेशन सम्पन्न भएको हो ।


महाधिवेशनबाट कावासोती नगरपालिकाका उपप्रमुख एवम् अमलटारी मध्यवर्ति.सामुदायिक होमस्टेका अध्यक्षसमेत रहेका होमस्टे अभियान्ता प्रेमशंकर मर्दनिया थारु निर्विरोध निर्वाचित भए । उनीसँगै उपाध्यक्ष पदमा बागमती प्रदेशबाट बाबुराजा महर्जन, १ नंम्बर प्रदेशबाट एकराज घिमिरे, लुम्बिनी प्रदेशबाट धनेश्वर बस्यालका साथै गण्डकी प्रदेशबाट प्रकाश गुरुङ होमेस्टे एसोसिएसनको आगामी कार्यकालका लागि गठित कार्यसमितिमा चयन भएका छन् ।
त्यसैगरी सोही कार्यसमितिको महासचिव पदका लागि कृष्णलाल थारु निर्वाचित भएका छन् भने कोषाध्यक्ष पदमा सुरज बास्तोला र सचिव पदमा गङ्गादेवी ह्याजु निर्वाचित भएका छन् । कार्यसमितिका अन्य खुल्ला सदस्यहरूमा बझाउन थारू, नारायण बहादुर तामाङ, लाल बहादुर पुन मगर, टेक नारायणा महत्तो सर्वसम्मत निर्वाचित भएका छन् प्रदेशबाट प्रतिनिधित्व हुने सदस्यहरुमा १ नम्बर प्रदेशबाट अनिलकुमार राना, धनकुमार आले र शिवाकुमारी लिम्बू सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै बागती प्रदेशबाट सङ्गीता श्रेष्ठ, मविन थिङ्ग तामाङ्ग, बसन्त थिङ्ग तामाङ र मोहनबहादुर पुन मगर निर्वाचित भएका छन् भने मधेस प्रदेशबाट सम्भुराम पौडेल चुनिएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट हरिजंङ्ग गुरूङ, लालबहादुर राना, बासुदेब भट्टराई र सुनिता श्रेष्ठ सर्वसम्मत नवनिर्वाचित कार्यसमिति सदस्य बनेका छन् । कर्णाली प्रदेशबाट मनराज सिम्खडा र रचना बाठा निर्वाचित भएका छन् भने सुदुरपश्चिम प्रदेशबाट प्रदेशनीकुमारी डगौरा र पदमबहादुर चौधरी होसानको नयाँ केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन् ।
त्यसैगरी होसानले महाँसंघको रुपमा आफूलाई परिणत गरेर सञ्चालन गर्ने प्रकृया अन्तर्गत होमस्टेहरुको सुपरिवेक्षण तथा अनुगमन आयोग पनि गठन गरेको छ । उक्त आयोगको संयोजकमा होसानको निवर्तमान उपाध्यक्ष यदुमणी निरौला निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा पूर्व उपाध्यक्ष सारदा आचार्य, हरिलाल पौडेल र झनक महतो निर्वाचित भएका छन् ।
अहिलेसम्म होमस्टे एसोसियशनको यो तेश्रो राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले अब होसानलाई होमस्टे महासंघको रुपमा अवधारणा अनुसार सञ्चालन गर्ने निर्णयसहित विधान पारित गरेको छ । आवश्यक प्रकृया पूरा हुन लागेको भन्दै महासंघकै अवधारणमा महाधिवेशनबाट नयाँ कार्यसमिति निर्माण गरिएको निर्वाचन समितिका अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement:


लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयका मन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा चैत्र १२ गते उद्घाटित उक्त होसानको तेश्रो राष्ट्रिय सम्मेलन एवं मौलिक खाना महोत्सवमा विभिन्न जिल्लाहरुबाट सहभागी भएका होमस्टेकर्मीहरुले रैथानीय उपभोग्य वस्तुहरुको प्रदर्शन एवं खाना मेलाको समेत सञ्चालन गरेका थिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra