NTC - FTTH

रैथाने बाली (कोदो र फापर) को परिकार प्रदर्शनी सम्पन्न

Meri Uni Lai - Global IME Bank
Makawanpur Gadhi Tourism

हेटौंडा, १ फाल्गुण/ रैथाने बाली (कोदो र फापर) को परिकारहरुको प्रदर्शनी मकवानपुरगढीमा सम्पन्न गरिएको छ । ‘मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारा लिएको मकवानपुरगढी गाउँ कार्यपालिकाको कार्यालयको कृषि विकास शाखाले उक्त प्रदर्शनी आयोजना गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाभित्र रहेका सबै खेतीयोग्य बाँझो जमीनहरुको समुचित रुपमा उपयोग गर्न सन्देश पुग्ने र यो गाउँपालिकाको पर्यटकीय महत्व झल्काउने मुख्य उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाका प्रमूख चन्द्रकान्त चौधरीले जानकारी दिएका छन् । विगतका वर्षदेखि रैथाने बाली कोदो तथा फापर खेतिमा कृषकहरुको आकर्षण बढ्दै गएपछि स्थानीय उत्पादनलाई समेत पर्यटनसँग जोडेर यहाँको पर्यटन प्रबद्र्धन गर्न सकिने विभिन्न कार्यक्रमहरु गाउँपालिकाले अवलम्बन गर्दै आएको मकवानपुरगढी गाउँपालिकाका प्रमूख प्रशाकीय अधिकृत रामकुमार पुडासैनीले बताएका छन् ।
प्रदर्शनीको उद्घाटन समारोहमा मकवावपुरगढी गाउँपालिकाको ४ नं. वडा अध्यक्षले शुभकामना मन्तव्य ब्यक्त गर्दै गाउँपालिकाले पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आतिथ्यता सत्कारमा स्थानीय उत्पादनकै प्रयोग बढाएर यस्ता बाली विकासमा गाउँपालिकाले अझ प्रबद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने धारणा ब्यक्त गरेका थिए ।
अवलोकनकर्ताहरुले प्रदर्शनी स्थलमा विक्री गर्न राखिएको रैथानी बाली कोदो र फापरबाट बनेका आधुनिक परिकारहरु सेवन गरी प्रशंसा समेत गरेका थिए । गएको माग २७ गते रैथाने बाली कोदो र फापरको आधुनिक परिकार उत्पादन गर्न सकिने आधारभूत तालिम सञ्चालन गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा मःमः, पिज्जा, दुनोट, विस्कुट, कपकेक, पाउरोटी, महफिन, प्यानकेक हलुवाका साथै बाल आहार (लिटो) बनाउन सिकाइएको कृषि विकास शाखाका अधिकृत चौधरीले जानकारी दिए ।
मकवानपुरगढीका सबै वडाको प्रतिनिधित्व हुने गरी होमस्टे, होटल, खाजा घरका संचालक एवम् कृषि प्राविधिक सहित २२ जनाको प्रशिक्षार्थीहरुको उक्त तालिमा सहभागिता रहेको बताईएको छ ।

Advertisement:Makawanpur Gadhi Tourism
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra