NTC App - Ad

हेटौंडाका १९ वर्षीय युवक व्यवसायबाट स्वालम्बी बन्दै

हेटौंडा, २५ माघ / हेटौडाका एक १९ वर्षीय युवक पढाई नै छोडेर सीप सिक्दै आफ्नै व्यवसाय सञ्चालन गरेर स्वालम्बी बन्ने दिशामा अगाडि बढेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंं ५ का राजीव अधिकारी १५ वर्षको उमेरदेखि सीप सिक्ने उद्देश्यले विद्यालयको पढाई नै छोडेर व्यवसायतर्फ आकर्षित बनेका हुन् ।
४ वर्षसम्म अरुकै स्वामीत्वमा सञ्चालित मोटरबाईक वर्कशपमा काम गरी अनुभव र सीप हासिल गर्न कठोर अभ्यास गरेका उनी वैदेशिक रोजगारमा गएका आफ्ना दाजु राजेश अधिकारीलाई समेत स्वदेश फर्काएर आफ्नै स्वामीत्वमा सञ्चालित मोटरवाईक वर्कशपमा अवसर दिन सफल भएका हुन् । पछिल्लो समयमा आफैंले सञ्चालन गरेको उक्त वर्कशपबाट आफनो परिवार आर्थिक रुपमा आत्म निर्भर बन्न सक्ने आधार तयार भएको राजीव बताउँछन् ।
हेटौंडाको चाइनाक्वाटरको अगाडि ‘दाजुभाई वर्कशप एण्ड सप्लायर्स’ नामांकन गरेर सञ्चालन गरिदै आएको उक्त वर्कसपमा अन्य युवाहरुलाई समेत अवसर दिन सकिने र यसका लागि अभ्यास गर्न आउने युवाहरुलाई पनि संलग्न गराईएको राजीवले जानकारी दिएका छन् । उनी भन्छन् ‘सीप र श्रम गर्ने हौसला आवश्यक पाए म जस्ता सयौं युवाहरु रोजगार एवं स्वरोजगारको अवसरबाट बञ्चित हुन पर्दैन । यसको उदाहरण म आफैं नै हो । मैले विदेशमा रोजगारी गर्न गएको दाजु राजेशलाई पनि स्वदेश फर्काएर आफ्नै आफ्नै व्यवसायमा अवसर दिन सकेको छु ।’
आफू विद्यालयमा पढ्न जार्दै गर्दा दाजु राजेश अधिकारीलाई वैदेशिक रोजगारमा पठाउनका लागि विदाई गर्दा परिवारमा सबैको आँखा रसाएको देखेका भाई १५ वर्षका राजीव अधिकारी विद्यालय नपुग्दासम्म सोचीरहे ‘रोजगारको अवसरका लागि विदेश गएको दाजुलाई रोजगारका लागि स्वदेशमा नै अवसर खोजी दिनु पर्छ ।’ अनि राजीव विद्यालय छोडेर आफैंले एउटा सीप सिकेर उद्यम गर्ने अठोटमा डुब्न पुगे । उनी एउटा मोटरसाईकल वर्कशपमा गएर सीप सिक्ने र मोटरसाईकल मर्मत गर्ने अभ्यास गर्न थाले ।
राजीव अधिकारी यो व्यवसायमा राम्रो अनुभवी भएपछि आफैंले एउटा मोटरसाईलक वर्कसप सञ्चालनमा ल्याए र वैदेशिक रोजगारका लागि कतार पुगेका दाजु राजेशलाई स्वदेश फर्केर आफ्नै व्यवसायमा साथ दिन आग्रह गरे । राजेश स्वदेश फर्किएपछि दुई दाजुभाई मिलेर अहिले आफ्नै व्यवसाय राम्रोसँग सूचारु गरिरहेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra