सडकको नालीमा परेर गैंडा मर्याे



चितवन, ९ माघ/चितवनमा बनाउदै गरिएको सडकको नालीमा परेर एक भाले गैंडाको मरेको छ । चितवनको हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत गोन्द्राङमा बन्दै गरेको सडकको नालीमा परेर गैंडा मरेको हो ।
आईतवार दिउँस उक्त स्थानमा सडकको नालीमा परेर गैंडा मरेको जिल्ला वनकार्यालय चितवनले जनाएको छ । जिल्ला कार्यालय चिनवनका सूचना अधिकारी बालकृष्ण खनालले आमसञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार बन्दै गरेको टिकौली जंगलस्थित सडक ६ लेनको सडकको खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको हुन सक्छ ।
सडक बनाउँदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा आइतबार गैंडा नालीमा खसेको उनले बताए । गैंडा नालीमा खसेको देखेर स्थानीयले प्रशासनलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ११ मंसिर/ नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा समस्या आएपछि मुम्बईको उडान स्थगित भएको छ । विहान ११ बजेर

काठमाडौँ, १ मंसिर/ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन थालेपछि नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्लीसम्मको उडान भर्ने तयारी गरेको

काठमाडौँ, २ साउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट हुन्छ । यो स्थल अहिले गोकर्णेश्वर