NTC App - Ad

सामाजिक सञ्जालको सहि प्रयोग भएमा सकारात्मक परिर्वतनको सम्भावना

काठमाडौं, २५ / पछिल्लो केही वर्षयता विश्वभर सामाजिक सञ्जालले महासञ्चारको भूमिका निभाईरहेको र यसको बाढीमा धेरै प्रकारको बिकृति बढेको विज्ञहरुले बताउन थालेका छन् । आधुनकि जीवनशैली अब इन्टरनेट सोसियल साईटहरुको प्रयोगबीना सहज नहुने सामाजिक अभियान्ताहरुले ठहर गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत हुने कुनैपनि अप्रिय घटना तथा दूर्घटनातिर लक्षित गर्दै यससम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुमो पनि आवश्यकता रहेको उनीहरुले भन्दै आएका छन् । यससँगै यसबाट विकृति नियन्त्रणको मापदण्ड बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम आमसञ्चारहरुले गर्नु पर्नेमा सामाजिक सेवा क्षेत्रमा कार्यरत ब्यक्तिहरुले औंल्याउन थालेका छन् ।
विश्वभर अत्याधुनिक र वैज्ञानिक आमसञ्चार माध्यमको रुपमा सञ्चालनमा आउन थालेका अनलाईन मेडियाहरुपनि यिनै सामाजिक सोसियल साईटको जगबाट अगाडि बढिरहेको सहजै अनुमान गर्न सकिन्छ । छापामाध्यमहरुबाट प्रकाशित खबर र विचारहरुका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरु लक्षित वर्गसम्म पु¥याउन भौतिक रुपमा गरिने वितरण शैली अब अनलाईन मिडियाले सहजै लक्षित समुदायसम्म पुर्याउदै आएका छन् । अधिकांश सामाजिक सेवा क्षेत्रमा कृयाशिल ब्यक्तिहरुले पनि आफ्नो उद्देश्यहरु पूरा गर्न यिनै सोशियल साईटहरुको प्रयोगलाई उच्च महत्व दिदै आईरहेको सामाजिक अभियान्त टोखा नगरपालिका धापासी निवासी रविन्द्र श्रेष्ठ बताउँछन् ।
सामाजिक इन्टरनेट साईटको प्रयोगकर्ताहरुले आफ्नो ब्यापार व्यवसाय प्रबद्र्र्धन गर्नेदेखि लिएर सर्जकहरुले आफूहरुले सृजना गरेका सामाग्रीहरु पनि लक्षित समुदायलाई अग्रिम देखाएर यसको गुणस्तर सुधार्न सजिलो हुने माध्यमका रुपमा लिन थालेका साहित्यप्रेमी तथा सर्जकहरुले बताउँदै आएका छन् । सामाजिक सञ्जालको सहि रुपमा प्रयोग गर्न सकिएमा यसले सामाजिक परिर्तनात्मक विकासमा ठूलै टेवा पुर्याउन सक्ने विज्ञहरुले जोड दिदै आएका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra