कार्डियोलोजिष्ट डा. ओममुर्ती अनिल सामाजिक सञ्जालमार्फत स्वास्थ्य सचेतना फैलाउँदै

काठमाडौं, २५ / पछिल्लो समयमा निकै नै लोकप्रिय बन्दै गईरहेको इन्टरनेट सोसियल साईटहरुलाई विभिन्न ब्यक्ति तथा संस्थाहरुले अनेक प्रकारले प्रयोग गरिरहेका छन् तर नेपालका एकजना चिकित्सकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणको हितमा एउटा अभियान नै चलाएर स्वास्थ्य सचेतना गराउँदै आएका छन् । उनी कार्डियोलोजिष्ट डा. ओममुर्ती अनिल हुन् ।
नेशनल कार्डियाक सेन्टर बसुन्धरा काठमाडौंमा कार्यरत एमबीबीएस, एमडी, डीएम, कार्डियोलोजी मुटुरोग रोग विशेषज्ञ डा. ओममुर्ती अनिललाई फेसबुकमा हालसम्म १० लाख ९६ हजार ३ सय १३ जनाले पछ्याईरहेका छन् । यतिसम्म फेसबुक प्रयोगकर्ताहरुले उनलाई पछ्याउनुको एउटै कारण के हो भने डा. अनिलले सर्वसाधारणले आफ्नो स्वास्थ्यको ख्याल आफैं राख्न सक्ने गरी विभिन जानकारीमूलक सन्देशहरु प्रवाह गरिरहनु ।
डा. ओममूर्ति अनिलको फेसबुकमा प्रवेश गर्दा मुटु स्वस्थ राख्न सर्वसाधारण आफै सफल हुन सक्ने सुझाव तथा जानकारीहरु देख्न पाईन्छ । नेशनल कार्डियाक सेन्टरले डा. अनिलकै निर्देशनमा स्वास्थ्यसम्बन्धी साधारणको स्वास्थ्य हितका लागि जारी गरिएको छ । उक्त प्याकहरु परीक्षण प्याक, डाईवेटिज प्याक र कार्डियो प्याक रहेका छन् । यी प्याकहरुबाट कुनै पनि यस्ता रोगीहरुले शोषण भोग्नु नपरोस् भन्ने सोच स्पष्ट हुन्छ ।
डा. ओममूर्ति अनिलले आफ्ना फेसबुक मित्रहरुको स्वास्थ्य हितका लागि ब्याम गर्ने विषयमा जानकारी पोष्ट गरेका छन् । उलने लेखेका छन् ब्याम गर्नुअघि वार्मअप गर्नु जरुरी छ । उनका अनुसार शरीरलाई केही वेर हल्का गतिविधिले गरेर बल्ल आफ्नो सधैं गरी राख्ने गति र बल प्रयोग गर्नु पर्छ । यसो गर्दा मुटु र रक्तसञ्चार प्रणालीलाई प्रेसर थाम्न तयार गरिन्छ । अन्यथा मुटुरोगी वा यसको उच्च जोखिम हुनेहरुलाई दुर्भाग्यवश हृदयघात हुने खतरा हुन सक्छ । विशेषगरी जाडो महिनामा यस विषयमा सोच्नु बढी महत्वपूर्ण हुन्छ ।
ब्लडप्रेसर मापन गर्ने विषयमा पनि उनले भरपर्दो जानकारी पोष्ट गरेका छन् । कुन प्रेसरलाई मान्नु पर्दछ ? भने विषयमा उनले दाहिने हातको १२०÷८० र देब्रे हातको नाप्दा ११०÷७० हुने पर्ने भनेका छन् औसत दुवै हातको मापनमा ११५÷७५ हुनु पर्ने जिकीर गरेका छन् । त्यसैगरी रगत पातलो गर्ने (एस्प्रिन), कोलेस्ट्रोल र मुटुका औषधिहरु जाडो महिनामा सकेसम्म १ डोज पनि चिकित्सकहरुको परामर्शबिना छोड्न हुदैन भनेर अर्को जानकारी पनि डा.अनिले आफ्नो फेसबुक पोष्ट गरेका छन् ।
डा. अनिलले कम उमेरमा रक्तनली साँघुरो हुने प्रकृयामा पनि सर्वसाधरणलाई सचेतना दिलएका छन् । उनका अनुसार रक्तनली साघुरो हुने प्रकृयालाई एथेरोस्क्लोरोसिस् भनिन्छ । यो उमेरसँगै हुने भएकोले बृद्ध अवस्थामा मुटु वा मस्तिष्कको रक्तनलीमा ब्लोकेज हुनु सामान्य मान्छि तर यहि कुरा कम उमेरको ब्यक्तिमा देखिनु अस्वभावकि मानिन्छ । यो प्रकृया अर्थात ब्लोकेज हुन नदिन चुरोट सेवन गर्न नहुने, सुगर, प्रेसर कोलस्ट्रोललाई नियन्त्रणमा राख्नु पर्ने, शारीरिक तौल सन्तुलित राख्नु पर्ने, दैनिक शारीरिक ब्याम गर्नु पर्ने र स्वस्थ आहारको सेवन गर्नु पर्नेमा कार्डियोजिष्ट डा. ओममुर्ती अनिलले जोड दिएका छन् । त्यस्तै उनले उच्च रक्तचाप हुनेहरुले सुन्तलाको सेवन गर्नु उचित हुने सल्लाह समेत दिएका छन् । डा. अनिले सुन्तलामा पोटासियम जातको खनिज तत्व हुने भएकोले यो उपायलाई अपनाउनु उचित हुने बताएका छन् ।
रक्तचाप मापन गर्दा के गर्न हुन्छ के गर्न हुदैन ? भन्ने विषयमा पनि डा. ओममुर्ती अनिलले आफ्नो अभ्यासलाई फेसबुकमार्फत शेयर गरेका छन् । उनले उल्लेख गरेअनुसार रक्नचाप मापन गर्दा के गर्न हुन्छ भन्ने जवाफमा मेचमा कम्तिमा ५ मिनेट विश्राम गरेपछि मात्रै बिपी मापन गर्नुपदर्छ । बिपीमो फिता मुटुको उचाईमा राख्नु पर्दछ भने हातलाई टेबुलमा राख्नु पर्दछ । त्यसपछि पहिलो पटक दुवैहातमा र त्यसपछि बिपी बढी भएको हातमा नाम्नु पर्दछ साथै कोठाको वातावरण शान्त हुनु पर्दछ । त्यसैगरी के गनुै हुदैन ? भन्ने जवाफमा उनले भनेका छन् ‘विरामी र चिकित्सक दुवैले बिपी नाप्ने बेलामा बोल्न हुदैन, बिपी नाप्नुभन्दा कम्तिमा ३० मिनेट पहिलादेखि विरामीले खाना चिया, सूर्ति आदि सेवन गर्नु हुदैन, खुट्टा एकअर्कामाथी राख्नु हुदैन, लुगाको बाहुला तानेर माथी ल्याउनु हुदैन, बाहुलाको लुगामाथी नाप्न नहुने र हिडडुल वा ब्याम गर्ने वितिक्कै बीपी नाप्नु हुदैन ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस