घोषित भयो रमेश खरेलको नयाँ राजनीतिक दल



Nepal Shusashan Party

काठमाडौं, २४ मंसिर / नेपालका राजनीतिक दलहरुको अहिलेसम्मको गतिविधिबाट असन्तुष्ट देखिएका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलको राजनीतिक दलको घोषणा भएको छ । पूर्व डिआईजी खरेलको आफ्नो दलको नाम नेपाल शुसासन पार्टी घोषित भएको हो ।
देश सुसाउँदो वस्तुस्थितिलाई मुलधार मानेर खरेलको अगुवाईमा राजधानीमा एक सम्मेलनको आयोजना गरी शुक्रावार नेपाल शुसासन पार्टी घोषणा गरियो । देशमा चालू राजनीतिक दलहरुबाट जनतामा निकै निराशा आएकोले देश अग्रगमनमा जान नसक्ने भन्दै आफूहरुले यो नयाँ पार्टी गठन गर्नु परेको पूर्व डिआईजी खरेलले बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत पार्टीको एजेण्डा र नाम सार्वजनिक गर्दै पूर्व डिआईजी रमेश खेरले भनेका छन् ‘हाम्रो मूख्य शर्त राष्ट्रियता हो र नेपाली जनताको भावनाको कदर गर्ने, देशमा ब्याप्त कुशासनलाई अन्त्य गर्दै देश सुहाउँदो सुशासन कायम गर्ने राजनीतिक दलको रुपमा यो पार्टीलाई स्थापित गर्नेछौं ।’
यस पार्टीमा आबद्ध सबै तहका सदस्यहरुलाई पार्टीको मूलभूत सिद्धान्त नछोडी अगाडि बढ्न आग्रह गर्दै पूर्व प्रहरी नायब महानिरीक्षक खरेलले आफ्नो पार्टीमा विशुद्ध सेवाको भावना लिएर राजनीतिक गर्न समेत निर्दशिका बनाएको बताए । राजनीतिमा लागेकाहरु पेशाकर्मी भएको र मेवा खाने गरेको र नागरिकहरुलाई कुनै वास्ता नगरेको गुनसो गरे । उनले देश र देशवासीलाई कहिल्यै धोका नदिने पनि प्रतिबद्धता जाहेर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा