NTC App - Ad

ढकालले पाए राखेपको सदस्य सचिव पदमा नियुक्ती

Bishnu Kumar Dhakal

काठमाडौं, १७ कार्तिक / राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुकुमार ढकाललाई दिइएको छ । ढकाललाई युवा तथा खेलकुद मन्त्रालयको निर्णयबाट सदस्य सचिवको जिम्मेवारी तोकिएको हो ।
युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलवार बसेको बैठकले ढकाललाई राखेपको सदस्य सचिवको पदमा नियुक्त गरिएको मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । मन्त्रालयका निमित्त सचिव डा. पोखरेलका अनुसार खेलकूद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम ढकाललाई परिषद्को सदस्य सचिव पदमा नियुक्त गरिएको हो ।

Advertisement:Bishnu Kumar Dhakal
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :