‘हर्के हवल्दार’ मा फर्किए पुरानै चरित्रका किशोर र रेश्मा

काठमाडौं, १५ कार्तिक / कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको टेलिचलचित्र ‘हर्के हवल्दार’ पुराना कलाकारहरु किशोर भण्डारी र रेश्मा तिमल्सिना फेरि हर्के हवल्दारमा नै फर्किएका छन् । झण्डै एक दशपछि उनीहरु थप जिम्मेवारी सहित उक्त टेलिचलचित्रमा फर्किएका हुन् ।
निर्माण टिमसँग सामान्य मनमुटाभ भएपछि ११ वर्षअघि कान्तिपुर टेलिभिजनबाट प्रशारणरत टेलिश्रृङ्खला ‘हर्के हवल्दार’ ७७ भागसम्म काम गरेर छोडेपछि छोडेर ‘डिट्ठा साब’ निर्माण गरी आफ्नो अभिनय, लेखन तथा निर्देशनमा पूर्ण दक्षता हासिल गर्दै हासिल आईरहेका किशोर भण्डारी ‘डिट्ठा साब’ सँगै उनको जोडी रेश्मा तिमल्सिना ‘बुनुमैचा’ उक्त टेलिश्रृंखलाको ५ सय २१ भागमा पुन जोडिएको कलाकार एवं निर्देशक किशोर भण्डारीले जनाएका छन् ।
हर्के हल्दार टिममा पहिलाको जस्तो चलखेल, आफ्ना मान्छेलाई माथी पुर्याउने, कथा र सिरीयलको मर्म नै मार्ने, खुराफाती सोचका सदस्यहरु नभएको र आफ्नो कला मेहेनतको सहि मुल्याकन हुने पक्का भएर फर्केको निर्देशक भण्डारी बताएका छन् । हर्के हल्दारमा अब फर्किन पाउदा बिस्थापीत भएपनि पुनः आफ्नै घरमा फर्किन पाएकोमा खुशी लागेको र अब अझ सशक्त भूमिका निर्वाह गर्ने कलाकार रेश्मा तिमल्सिनाले बताइन् ।
टेलिचलचित्र हर्के हल्दार शुरु गर्दा संलग्न सदस्यहरु अहिलेको समूहमा सहभागी गराउन पाउँदा हर्के हल्दारको प्रस्तुति अझै उत्कृष्ट हुने हर्केका प्रमुख पात्र बिष्णु सापकोटाले दावी गरे । हर्केमा ‘बाटुली’ रोशनी सपकोटाको नि पुनः प्रवेश भएको छ । अन्य कलाकारहरुमा सुरेन्द्र के.सी.‘मुला साग’, बिनोद परियार, शुसिला निरौला ‘बिमली’, शिबहरी बैरागी, ईन्द्र व्दोङ ‘खम्बे’ शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गीरी लगायतका अभिनय रहदै आएको छ । प्रवेश पोखरेलको छायाङ्कन, सञ्जय लामाको श्रृङ्गार, राजको सम्पादन, निर्देशन सहयोगी भद्र भुजेलको रहेको हर्केको निर्देशन इन्द्र व्दोङ लामा ‘खम्बे’को रहेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application