तातोखबर, काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीको समयमा चल्ने तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणलाई अनुरोध गरेको छ। मन्त्रालयले तराईका क्षेत्रमा तातो हावासँगै ‘लू’ चलेकाले यसबाट जोगिन सबैसँग आग्रह गरेको छ। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको [...]