बागमतीमा सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मा रमा आले मगर लाई
तातो खबर
२०८१ जेष्ठ ६
हेटौंडा / बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्रीको जिम्वेवारी रमा आले मगरले पाएकी छन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त आलेले ४९ औँ दिनमा कार्यभार सम्हालेकी हुन् । हेटौंडा-६ गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को प्रांगणमा रहेको युवा तथा खेलकुद मन्त्रालयमा आइतबार दिउँसो २:३० बजे मन्त्री आलेलाई [...]