खुल्यो गड्डाचौकी नाका‚ अब विदेशी पर्यटक निर्वाध भारततर्फ जान पाउने
तातो खबर
२०८१ श्रावण १६
कञ्चनपुर / नेपालको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ तेस्रो मुलुकका विदेशी पर्यटक निर्वाध जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि भनेर बन्द गरेको आगमन पुनः खुला गरेपछि उनीहरु भारततर्फ निर्वाध जान पाउने भएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख [...]