सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालका अनुसार बालकको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको हो । [...]