म्याग्दी, बेनी / म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली हाडेखानी डाँडामा बुधबार (आज) दिउँसो तीन बजे ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। जंगलबाट दाउरा लिएर फर्किदै गरेको बा १ त ६९४२ नम्बरको ट्याक्टर सडकदेखि करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। [...]