ताताेखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा राहत मिलेको छ। सर्वोच्च अदालतले आज (आइतवार) सार्वजनिक गरेको अदालतको अवहेलना मुद्दासम्बन्धी फैसलाको पूर्ण पाठमा प्रचण्डले राहत पाएका हुन्। प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरुमा धमाधम फैसला गरेर [...]