काठमाडौं : सिस्नुपानी नेपालले यो वर्ष देउसी कार्यक्रम नगर्ने भएको छ। हालैको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै उसले देउसी कार्यक्रम नगर्ने भएको हो। सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिए। आचार्यले भूकम्प प्रभावित क्षेत्रका [...]