तातोखबर, काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने जिकिर गरेकी छन्। ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। [...]