जनकपुरधाम, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर [...]